कोशी प्रदेशमा प्रचण्डपथ लागू हुन सक्दैन : योगेश भट्टराई

वेलकम खबर
बैशाख १५, २०८०

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्ड पथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो । पार्टीको तर्फबाट सञ्चारकर्मीहरूसँग बोल्दै सचिव भट्टराईले यस्तो बताए ।उनले कोशी प्रदेश नामकरणको विरोध शान्तिपूर्ण रूपमा गर्न पाउने भए पनि नेकपा माओवादी केन्द्र का सङ्गठनहरूले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको बताए ।
उनले अहिले एउटा राजनीतिक दल नेकपा एमाले लक्षित गरी आक्रमण भइरहेको बताए । उनले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्ड पथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा सह्य नहुने चेतावनी दिए ।

उनले भने, , ‘प्रदेशको नामकरण र प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई हुन्छ । त्यस अनुसार ६ प्रदेशले नाम राजधानी सबै गरे, प्रदेश १ ले पनि निर्णय लियो, त्यसमा मुख्यमन्त्री हिकमत कार्कीले सामान्य समन्वय गर्नुभयो । उहाँले नेपालका शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभयो । त्यो समन्वयको आधारमा प्रदेश सभाले निर्णय गरेको हो ।

उसको संवैधानिक अधिकार हो । त्यसको विरोध गर्न पाइन्छ तर सीमा हुन्छ । उहाँहरूले अपनाएको शैलीको हामी निन्दा गर्दछौँ । नेकपा एमाले केन्द्रित लक्षित जुन आक्रमण छ, त्यो आक्रमणले हामीलाई कतै सत्ता केन्द्रित दलहरू नै संलग्न छैनन् रु भन्ने शङ्का छ । प्रधानमन्त्री स्वयंले नै आगोमा घिउ थपिरहनुभएको छ । प्रधानमन्त्रीले सहमति दिनुभयो, पार्टी फिर्ता हुन्छ भन्नुभयो नामकरण पछि । आएको रिपोर्टमा माओवादीका साथीहरू संलग्न भएका छन् भन्ने छ । त्यो कुरा पुलिस,प्रशासन, प्रधानमन्त्रीलाई थाहा छ । अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्ड पथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा यो सम्भव छैन । हामी गोरखाली भाषामा प्रचण्ड पथलाई भन्न चाहन्छौँ, कोशी प्रदेशमा यो सम्भव छैन ।’

सचिव भट्टराईले प्रधानमन्त्री दाहालले कोशी प्रदेश नामकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*