ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष कर्मचारी खोज्दै सिंहदरवारमा(भिडियो सहित)

वेलकम खबर
बैशाख १४, २०८०

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिका अध्यक्ष दिपेन पोमु आफनै पालिकाको  कर्मचारी खोज्दै काठमाडौको सिंहदरवार आई पुग्नु भएको छ ।
गाउँपालिका भित्र विकासका कामहरु धेरै रहेको तर कर्मचारी नभएकोले काम कारवाहीका प्रत्यक्ष असर परेको भन्दै आज सिंहदरवार भित्र रहेको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी खोज्दै ताप्लेजुङबाट आई पुग्नु भएको हो ।

आज (विहिवार) ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईलाई लिएर अध्यक्ष पोमु सिंहदरवारमा रहेको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको सहसचिव कमलप्रसाद भट्टराईको कार्य कक्षमा पुग्नु भयो ।अध्यक्ष पोमुले सहसचिव भट्टराईलाई आफनो पालिकामा रहेको प्रमुख प्रशासकिय अधिकृत पनि सरुवा भएर गएको र पालिकामा दरबन्दी रहेको तर अन्यत्र काजमा सरुवा भएका ९ जना कर्मचारीहरु दुई बर्ष देखि नभएको कारण पालिकाको काम कारवार्ही प्रभावित भएकोले तत्काल काज फिर्ता गराउनका लागि अनुरोध गर्नु भएको हो ।

सहसचिव भट्टराईले काजमा रहेको कर्मचारीलाई आफनो दरबन्दी रहेको क्षेत्रमा काज फिर्ता गराउने र प्रमुख प्रशासकिय अधिकृत पनि पठाउने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*