ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु, बाबुआमा घाईते

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाँउपालिकामा बुधबार राति परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने उनका बावा आमा घाइते भएका छन् । मैवाखोला –४ साँघु ताम्राङका दारिन्जिङ शेर्पाको घरमा राति करिव ८ः३० बजेतिर परेको चट्याङ लागेर उनका १० वर्षीय फुर्वादोर्ची शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी कुसराम कार्कीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बताउनुभयो । चट्याङले लागेर ४७ वर्षीय दारिन्जिङ र उहाँकी श्रीमती ४७ वर्षीया मिङ्माल्हामु शेर्पा घाइते भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शेर्पा दम्पत्तीको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।