थपिएको मत थपिएको जिम्मेवारी हो, जनादेशको इमान राख्छु : लामिछाने

वेलकम खबर
बैशाख १३, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थपिएको मत थपिएको जिम्मेवारी भएको बताएका छन्। कीर्तिमानी विश्वासका लागि चितवन- २ का मतदाताप्रति नमन व्यक्दै गर्दै बुधबार बिहान उनले सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धता गरेका छन्।
लामिछानेले उप(निर्वाचनमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको उल्लेख गरे।

उनले चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन (२ का मतदाताले दिएको उल्लेख गरे। ‘चितवन ( २ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्। तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अबरोध तोड्न इमानका साथ लागिरहेने छु। चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन (२ का मतदाताले दिनुभएको छ।’
जनादेशको इमान राख्न सधैँ प्रतिबद्ध हुने पूर्व उपप्रधानमन्त्री लामिछानेको भनाई छ। उनले व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दलरउम्मेदवार र तिनका नेता(कार्यकर्ता समक्ष आग्रह गरेका छन्।
लामिछानेले जनप्रतिनिधिका रुपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै नरहने प्रष्ट पारे। ‘दलीय प्रतिस्पर्धा। तर, विजेता भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको जनप्रतिनिधि। लोकतन्त्रको यो स्थापित मान्यतामा सधैँ प्रतिबद्ध रहनेछु। जनप्रतिनिधिका रुपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै रहने छैन।’

लोकतान्त्रिक प्रतिस्पर्धामा रहेका दल र तिनका उम्मेदवारलाई सदा(सर्वदा साथमै लिएर चितवन ( २ का नागरिकको तत्कालिन, मध्यकालिन र दीर्घकालिन आकांक्षा पूरा गर्न सक्रिय रहने उनको भनाई छ। प्रतिस्पर्धी दल र उम्मेदवारसहित आम नागरिकबाट रचनात्मक सहयोग र सद्भाव प्राप्त भइरहनेमा विश्वास व्यक्त गरे।

तनहुँ(१ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको पक्षमा उभार सिर्जना गर्नुप्रति पनि नमन व्यक्त गर्दै लामिछानेले उनलाई बधाई दिए।
‘अनेकौं प्रतिकूलता बीचको स्नेह र अभिमताका लागि बारा(२ का मतदाता आभार। हाम्रा प्रतिस्पर्धी रमेशप्रसाद खरेलप्रति यसपटक व्यक्त स्नेहले अर्को अभ्यासमा परिणाम दिने छ भन्नेमा विश्वस्त छु’उनले भनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*