आठराई त्रिवेणी विकासका लागि योजना माग गदै पालिका अध्यक्ष विराटनगरमा (मागपत्र सहित)

वेलकम खबर
बैशाख १२, २०८०

विराटगनर । ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिका समृद्ध बनाउनको लागि विभिन्न योजना माग गदै पालिका अध्यक्ष कोशी प्रदेश सरकार समक्ष पुगेका छन ।
आठराई त्रिवेणी गाँउपालिका अध्यक्ष दिपेन पोमु मंगलवार कोशी प्रदेशका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरुलाई भेट गरी पालिकाको विकासका लागि शिक्षा,स्वास्थ्य कृषि,पूर्वाधारकाका क्षेत्रमा बजेट विनियोजन गरिदिन अनुरोध गर्दे योजना मागपत्र पेश गरेको हो ।


अध्यक्ष पोमुले मुख्यमन्त्री हिक्मतकुमार कार्की,खानेपानी सिचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्वो,भौतिक योजना मन्त्री दुर्गा चापागाई, स्वास्थय मन्त्री निर्मला लिम्बुलाई भेट गरी माग पत्र पेश गरेको हो ।
आठराई त्रिवेणीमा सुचना प्रविधिमैत्री शिक्षा प्रदान गर्न, सवै विद्यालयमा खेलमैदान साथै भौतिक पूर्वाधार निर्माण गर्न,पालिका भित्र सुविधा सम्पन्न अस्पतला निर्माण गरी,एमविविएस दरबन्दी सृजना गरी स्वास्थ्य सेवा दिलाउन लागि आवश्यक सहयोग माग गरेको हो ।


त्यस्तै पालिकाभित्र नै कोल्डस्टार स्थापना गर्न,सिचाई पूर्वाधार निर्माण तथा चिस्यान केन्द्र स्थापना गर्न आवश्यक सहयोग गर्न पनि पालिकाले प्रदेश सरकार समक्ष माग गरेको हो । त्यस्तै पूर्वाधार तर्फ पालिका भित्र १२ महिना सवारी साधन चल्नको लागि बाटो निर्माणको लागि आवश्यक बजेट विनियोजन गर्नका लागि पनि माग पत्र पेश गरेको जनाएको छ । जसमा मूख्य सडकलाई कालोपत्रे गर्न,मोटरेबल पूल निर्माण गर्न साथै कच्ची सडक निर्माण तथा पर्यटकिय क्षेत्र विकास तथा पूर्वाधार निर्माणको लागि बजेट माग गरेका पालिका अध्यक्ष पोमुले वेलकम खबरलाई बताउनुभयो ।
उहाँले भौतिक पूर्वाधारको लागि एक करोड १सय ४७ करोड माग गरेको बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रीहरुले आवश्यक सहयोग गर्ने बचन दिएको समेत अध्यक्ष पोमुले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*