रास्वपा सांसद ढाकाकुमार आजबाट पदमुक्त

वेलकम खबर
बैशाख १२, २०८०

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुखले संसदलाई जानकारी गराउने भएका छन्।

मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो।

कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा उल्लेख छ। यसरी दलले गरेको कारवाहीको सूचना सभामुखले प्रतिनिधि सभा बैठकमा सुनाउनुपर्नेछ।

श्रेष्ठ रास्वपामा समानुपातिक कोटाबाट सांसद भएका हुन्। उनको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*