रवि लामिछानेले कटाए ५० हजार मत, मतान्तर करिब ४१ हजार

वेलकम खबर
बैशाख १२, २०८०

चितवन । चितवन -२ मा शानदार मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन्। ७० हजार २३९ मतगणना हुँदा लामिछानेले ५०,०२९ मतसहित अग्रस्थानमा छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम् प्रतिद्वन्द्विभन्दा ४० हजार ८६४ मतान्तरले लामिछाने अगाडि रहेका छन्। यो मतान्तर र मत मंसिर ४ को निर्वाचनभन्दा धेरै हो।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठले ९१६५ मत ल्याएर दोस्रो स्थानमा छन्।
एमालेका रामप्रसाद न्यौपाने ८८७७ मतसहित तेस्रो स्थानमा छन्। मतगणना जारी रहेको छ। लामिछानेको अघिल्लो निर्वाचनमा ८४, ३१५ मतमा ४९ हजार २९६ मत ल्याएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*