सरकारलाई दिएको समर्थन फिर्ता लिने रवि लामिछानेको संकेत

भन्छन्- समर्थनको औचित्य पुष्टि हुन सकिरहेको छैन
वेलकम खबर
बैशाख १२, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन्। चितवन २ मा भारी मतान्तरले जित सुनिश्चित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारलाई दिएको समर्थनबारे पूर्नविचार गर्ने बताए।
उनले भने, ‘अहिलेसम्म तय भइसकेको छैन। सरकारलाई दिएको समर्थनको औचित्य देखिएको छैन। अब काठमाडौं फर्किसकेपछि छलफल गर्छौँ। पछिल्लो सयम कुनै औचित्य नदेखिएकाले छलफल गर्न आवश्यक भएको छ।’
स्थिरता नै कायम होस् भन्ने चाहेर नै सरकारलाई दिएको समर्थन कायम राखेको उल्लेख गर्दै आफूहरु नयाँ सरकार बनाउने खेलमा नलाग्ने प्रष्ट पारे।

उनले भने, ‘समर्थनको नाममा सरकारले जे पनि गर्दा हुन्छ भन्ने छैन। हामीले नोटिसमा राखेको छौं। निर्वाचनकै बेलामा यसलाई जिताइदिन्छौं मन्त्री बनाइदिन्छौं भन्नु लोकतन्त्रको भद्दा मजाक हुन्। मैले यो सरकारका नेतृत्वबाट यस्तो अपेक्षा गरेको चिज होइन।’जनताले आफूहरुलाई जुन एजेण्डाको लागि मत दिएका छ त्यो नै सरकारको न्यूनतम साझा कार्यक्रमबाट हटाइएको उनको भनाइ छ।
‘हामीले भ्रष्टाचारका जुनसुकै कालखण्डको छानविन हुनुपर्छ भनेर राखेका थियौं। तर, कसका लागि होरु कसलाई बचाउन होरु’ उनले प्रश्न गर्दै भने, ‘सरकारले त्यसलाई निकालेको छ। मैले त्यसलाई चुनाव अघि नै आपत्ति जनाइसकेको थिए। अब छलफल गछौं। समर्थनको औचित्य पुष्टि हुने सकेको छैन। त्यसैले छलफल गरेर चाँडै निर्णय लिन्छौं।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*