चरासँग ठोक्किएर उडेको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

वेलकम खबर
बैशाख १२, २०८०

काठमाडौ । इन्जिनमा चरा ठोकिएपछि समस्या देखिएको फ्लाई दुबईको जहाजले सुरक्षित अवतरण गरेको छ। विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको हो।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ : ११ बजे सुरक्षित अवतरण भएको हो।

फलाई दुबईको एफजेड ५७६ नम्बरको जहाज ९ बजेर २० मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो। उड्ने बित्तिकै जहाजमा आगोको झिल्का देखिएर ठुलो आवाज आएको थियो। समस्या आएको थाहा भएपछि पाइलटले जहाज धादिङको धार्के लगेर होल्ड गरेका थिए। सो बेला फ्लाइ दुबइको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाई जानकारी गराइएको थियो।इन्जिनमा समस्या भएपछि कामाठाडौंतर्फ फर्किएको विमान फेरि दुबईतर्फ गएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*