चितवनमा ५६ हजार मत गन्दा रवि ३२ हजार बढी मतान्तरले अगाडि
काठमाडाैं। चितवन-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बढाउँदै लैगेका छन्।
५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गुरेका छन्। त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५९ प्राप्त गरी लामिछानेलाई पछ्याइरहेका छन्।
त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६७ मत प्राप्त गरेका छन्। भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
हालसम्म आठ सय ७० मत बदर भएको छ। कार्यालयका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ।



















