तनहुँ-१ मा स्वर्णिम वाग्लेको जित सुनिश्चित

वेलकम खबर
बैशाख ११, २०८०

तनहुँ। तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ।

आज राति १०ः३२ बजे सार्वजनिक मतपरिणामअनुसार उनले २६ हजार आठ सय २७ मत प्राप्त गर्दै अग्रस्थानमा कायमै छन्।

यो निर्वाचन क्षेत्रको ४२ वडामध्ये ३५ वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए। यसअवधिमा ५१ हजार दुई सय १९ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार चार सय ५४ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले सात हजार दुई सय ८९ मत प्राप्त गरेका छन्।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ। भोलिसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अब करिब १३ हजार मत गन्न बाँकी छ। बाग्लेको मतान्तर ११ हजार ३७३ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*