फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, चिन्ता नगर्नु : नागरिक उड्डयनमन्त्री किराँती

वेलकम खबर
बैशाख ११, २०८०

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको जहाज सुरक्षित रूपमा आफ्नो गन्तव्यतर्फ गइरहेको जानकारी गराएका छन् ।

सोमबार साँझ ९:२० बजे दुबईका लागि उडान भरेको जहाज केहीबेरमै इन्जिनमा आगलागी भएको खबरसँगै मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत विमान सुरक्षित रूपमा गन्तव्यतर्फ गइरहेको जनाएका हुन् ।

मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्,‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभरात्री ।’

kirati1682353969.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*