टीकाराम गौतम स्मृति प्रतिष्ठानद्धारा पत्रकार पालुङवा,समाजसेवी तथा रेडक्रस उपशाखालाई पुरस्कृत
ताप्लेजुङ। उर्जाशिल युवा पत्रकार पालुङवा तथा समाजसेवी ताप्लेजुङ सिरिजघा गाँउपालिका साविक खेवाङ घर भई हाल झापा बस्दै आउनु भएका प्रेमप्रसाद दाहाललाई पुरस्कृत गरेको हो । नेपाल रेडक्रस सोसाईटी अन्र्तगत ताप्लेजुङ जिल्ला भरीका उपशाखामध्ये हाङ्देवा उपशाखा सम्मानित गरेको प्रतिष्ठानले जनाएको छ ।
पालुङवा नेपाल पत्रकार महासंघ ताप्लेजुङका सहसचिव र रेडियो तमोरका स्टेशन म्यानेजर तथा अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत रहनु भएको छ । पत्रकार पालुङवालाई सम्मान पत्र सहित नगद रु १० हजार १ सय ५ रुपैयाले पुरस्कृत गरेको हो ।
त्यस्तै समाजसेवी दाहाललाई पनि नगद रु १० हजार १ सय ५ रुपैयाले पुरस्कृत गरेकोछ । दाहालले सिरिजङ्गा गाउँपालिका खेवाङमा वन्यजन्तु तथा चराचुरुङगीलाई पानी खान सहज होस भनेर जंगलको विभिन्न ठाउमा भएका ढुङ्गा खोपेर पानी जने कुवा बनाउनु भएको साथै बाटो हिड्ने बटुवालाई सहज होस भनेर ठाउठाउमा चौतारो , पाटी पौवा बनाउनुका साथै बरपिपल रोप्नु भएको थियो । यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने नेपाल रेडक्रस सोसाईटीको हाङ्देवा उप शाखालाई नगद १५ हजार १ सय ५ रुपैयाँ सहित सम्मान गरिएकोछ ।
प्रदेश सरकारका पुर्व मन्त्री प्रतापप्रकास हाङगामको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो यस्तै संघसंस्थाका प्रमुख तथा प्रतिनीधी ,बयवृद्धसमाजसेवी महानुभावहरुको उपस्थिती रहेको थियो । उहाको वि।स। २०६६ कार्तिक ११ गते निधन हुनुभएको थियो । गौतमको परिवारले स्मृतिमा प्रतिष्ठान स्थापना गरेर प्रप्येक बर्ष समाजसेवी ,पत्रकार तथा सामाजिक संस्थालाई पुरस्कार तथा सम्मान बितरण गर्दै आईरहेको छ । गत बर्ष पत्रकार र समाजसेवीलार्ई नगद ५ हजार १ सय ५ रुपैया र सामाजिक संस्थालाई नगद १० हजार १ सय ५ रुपैयाले पुरस्कृत गरेको थियो भने यस बर्ष ५ हजारले वृद्धि गरेकोछ । आजकै दिन २०१३ बैशाख ९ गते टिकाराम गौतमको जन्म भएको थियो । जन्मदिनको अवसर पारेर पुरस्कार वितरण तथा सम्मान कार्यक्रम राखिएको टीकाराम गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष तोया गौतमले बताउनुभयो ।



















