संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष सकियो

वेलकम खबर
बैशाख ६, २०८०

काठमाडौ । संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष सकिएको छ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बसेको बैठक विनानिष्कर्ष सकिएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

बैठकमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल भएकाे छ । प्रमुख तीन दलबीच केही दिनअघि संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो । साेही सहमतिअनुसार आज बैठक बसेकाे हाे ।

आजकाे बैठकबारे जानकारी दिँदै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भने, ‘संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो, अर्को बैठकमा निर्णय गर्ने गरी आज कुनै ठाेस निर्णय भएन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*