परराष्ट्रमन्त्री साउदले लिए शपथ

वेलकम खबर
बैशाख ३, २०८०

काठमाडौं ।परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

कांग्रेस नेता साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो। यस्तै, नेकपा एकीकृत समाजवादी की नेत्री नन्दा चपाई परराष्ट्र राज्यमन्त्री नियुक्त भएकी छन्। चपाइलाई प्रधानमन्त्री दाहालले सोही समारोहमा पद तथा गोपनीताको शपथ ग्रहण गराए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*