सरकार दिशा विहिन भयो : योगेश भट्टराई

वेलकम खबर
चैत्र २५, २०७९

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले बर्तमान सरकार दिशा विहिन भएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव भट्टराईले सरकारको ९० दिनको समय बितेको तर दिशा दिन नसकेको दाबी गरेका हुन । प्रधानमन्त्री मेला, भेला उद्धघाटन गरेर मात्रै समय विताएको आरोप लगाउनुभयो ।

कुरा सुरक्षाकर्मी, निजामती कर्मचारीले सुन्दैन र मान्दैनन, कसरी देश चल्छ रु उहाँले प्रश्न गर्नु भयो । अहिले देशको अवस्था चितुवाको गतीमा दौडनुपर्ने भएकाले कछुवाका गती नलिन प्रधानमन्त्रीलाई भट्टराईले आग्रह गरेकाछन । बर्तमान अवस्थामा देशमा पैसा छैन, विकासका योजनाको बजेट प्रत्येक दिन सरकारले काटीरहेको छ ‘विदेश सम्वन्ध अविश्वासिलो बन्दै गएको छ ।

एमालेले प्रतिपक्षको रचनात्मक भुमिका खेल्ने उनको भनाई थियो । अर्थतन्त्रमा हाम्रो मुलुक पनि श्रीलंका जस्तो अवस्थामा पुग्न सक्छ । यो अवस्था आउन दिनु हुदैन सरकारले समयमा नै ठोस कदम चाल्नुपर्छ । सरकारले बैंकको ब्याज ७ प्रतिशत भन्दा तल राख्नुपर्ने सरकारको स्वामित्तमा रहेको आइडल मनी ल्याउनु पर्ने जस्ता सुझावपनि दिएका छन । एमाले ग्रासरुटको कार्यक्रम २०८० बैशाख ९ गते स्थापना दिवसको दिन समिक्षा गरेर अर्को कार्यक्रम गर्ने योजना गर्ने बताएका छन । एमालेले सचिव भट्टराईलाई कर्णाली प्रदेशमा खटाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*