ताप्लेजुङमा टपरी बुन्ने प्रतियोगिता
वेलकम खबर
चैत्र २३, २०७९
ताप्लेजुङ । आफनो परम्परागत शिप जगेर्ना गर्ने उद्देश्यले दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको तेस्राे दिन आज बिहीवार टपरी गाँस्ने प्रतियोगिता सम्पन्न भएको छ ।
टपरी गाँस्ने प्रतियाेगितामा २० मिनेटकाे समय राखिएकाे थियाे । ४९ जना सहभागी रहेको याे प्रतियोगीतामा दुई जना पुषरुले पनि भाग लिएका थिए ।




















