चार दिन कोशी प्रदेशका सबै स्थानीय तहका कार्यालय बन्द गर्न अनुरोध

वेलकम खबर
चैत्र १३, २०७९

मदन गौतम
ताप्लेजुङ।  कोशी प्रदेशको खारेजी र पहिचानका आधारमा प्रदेशको नामाकरणको माग राखेर संयुक्त संघर्ष समितिले चैत १४ देखि १७ गते सम्म स्थानीय तहका कार्यालयहरु अनिवार्य बन्द गर्न अनुरोध गरेको छ ।
पहिचानका आधारमा कोशी प्रदेश पुन नामाकरणका लागि कार्यालय बन्द गर्न आव्हान गरिएको पत्रमा जनता समाजबादी पार्टी नेपाल सहितका ११ वटा राजनीतिक दल तथा जातिय संघ संस्थाहरुको नाम उल्लेख गरिएको छ । पत्रमा दशकौ देखि पहिचानको आन्दोलनलाई षड्यन्त्रमुलक ढंगले छलेर प्रदेश नं १ लाई पहिचान बिरोधी कोशी नामाकरण गरेको उल्लेख छ । आन्दोलनका क्रममा निधन भएका पदम लिम्बु लाजेहाङ लाई राष्ट्रिय शहिद घोषणा गर्न र पहिचानमा आधारित नामांकन गर्न माग गर्दै प्रदेश नम्बर १ पुनस्नामांकन संयुक्त संघर्ष समिति आन्दोलनरत रहेकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*