नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त

वेलकम खबर
चैत्र १०, २०७९

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई नियुक्त गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा सिफारिसको १ नम्बरमा रहेका कुँवरलाई सरकारले महानिरीक्षकमा बढुवा गरेको हो ।

उनीसँगै एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदका लागि प्रतिष्पर्धामा थिए ।कुँवरले एक वर्ष महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*