पाथीभरा दर्शन गरेर फर्किने क्रममा एक जनाको मृत्यु

वेलकम खबर
चैत्र ७, २०७९

ताप्लेजुङ  । पाथीभरा देविको दर्शन गरेर फर्कने क्रममा मंगलबार माथिल्लो फेदीमा एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–२ चारपाने झापाकी ४७ वर्षीया शिवमाया गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

नन्द, भाञ्जा र अरु तीनजना साथीसॅगै पाथीभरा दर्शन गर्न आएकी उनी सोमबार बिहान मन्दिर पुगेर बेलुका माथिल्लो फेदी फर्किएकी थिइन् । ३१ सय मिटर उचाइको माथिल्लो फेदिको होटलमा बास बसेकी उनी बिहान शौचालय गएकी थिइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*