ताप्लेजुङमा प्रदेश सांसद आङ्बोमाथि आक्रमण

वेलकम खबर
चैत्र ७, २०७९

ताप्लेजुङ । नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सांसद इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ । मंगलबार पार्टीको बैठकमा ताप्लेजुङको फुङलिङ बजार नजिकै आक्रमण प्रयास भएको हो ।

प्रदेशमा भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधर दल र संस्थाहरुले आन्दोलन गरिरहेका छन् ।

पहिचान पक्षधर दलका कार्यकर्ताले सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमण प्रयास गरेका थिए । मंगलबार पहिचान पक्षधरका कार्यकर्ताले माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता आङ्बोमाथि आक्रमणको प्रयास गरेका हुन् ।

पहिचान पक्षधरले ढुङ्गामुढा गर्दा आङ्बो सवार सरकारी गाडीमा सामान्य क्षति पुगेको छ । आङ्बोका स्वकिय सचिव पुजन मङ्ग्रातीका अनुसार आङ्बो पार्टीको कार्यक्रममा ताप्लेजुङको फुङ्लिङ बजार जाने क्रममा गाडीमाथि आक्रमण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी राजन लिम्बूका अनुसार फङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण गर्ने समूहको पहचिान भएको छैन् । ‘फुङलिङ बजार भन्दा ७–८ किलोमिटर तल आक्रमण भएको छ’, उनले भने, ‘आक्रमण गर्नेको पहिचान भएको छैन । अनुसन्धान गरिरहेका छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*