कृषक तथा कर्मचारी सम्मान गरी मनायो पालिकाले स्थापना दिवश

वेलकम खबर
फाल्गुन २९, २०७९

मदन गौतम

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले छैटौँ स्थापना दिवश फागुन २७ गते शनिवार कृषक तथा कर्मचारी सम्मान गरि मनाएको छ । ताप्लेजुङमा स्थापना दिवश मनाउने पहिलो पालिका रहेको पालिकाको दाबी छ । पाथीभरा याङवरक गाउँपालिका २०७३ साल फागुन २७ गते स्थापना गरिएको थियो । दिवशको अवसरमा पालिका अन्तर्गत विभिन्न वडाका ४ जना व्यावसायिक किसान र २ जना कर्मचारीलाई सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

व्यवसायिक किसान तथा उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरेको हो । सम्मानित हुनेमा वडा नं. १ नाङखोल्याङका कृषक सन्तोष खिम्दिङ र सन्तोष तामाङ, वडा नं.३ तिरिङ्गेका श्रीप्रसाद ईजम र वडा नं.६ थुम्बेदिनका गणेश घिमिरे रहनु भएको छ ।

कृषकलाई सम्मान पत्र सहित नगद ५० हजारका दरले सम्मान गरिएको छ भने कर्मचारी सम्भु प्रसाद श्रेष्ठ र नारायण पौडेललाई क्रमश ५० हजार र ३० हजार नगद सहित सम्मान पत्रद्धारा सम्मान गरिएको हो । गाउँपालिकाका अधिकांस किसानलाई कृषि तथा पसुपालन तिर आर्कषित गराउने उद्देश्यले व्यावसायिक खेती तथा पसुपालन गर्दै आईरहेका कृषकलाई सम्मान गरिएको पालिका अध्यक्ष केशर कुमार सुब्बाले बताउनुभयो । पालिकाभित्रै कृषि तथा पसुपालनमा आत्म निरभर भई वस्तु उत्पादन वृद्धि गर्र्न सकियो भने क्रमिक रुपमा निर्यात बढने आयात घटाउने तर्फ लाग्ने उहाको उत्घोष थियो ।

स्थापना दिवसको अवसरमा कृषकलाई पुरस्कृत गरियो भने कृषि तथा पशुपालनमा देखिएको नैराष्यता कम हुने र कृषि पेशामा नागरिकको आर्कषण बढने विश्वास पालिका अध्यक्षले लिनुभएको छ । प्रत्येक नागरिकले कृषि तथा पशुपालनलाई व्यावसायिक रुपमा उत्पादनमा जोड दिए पालिकाको समृद्धि यसैमा रहेको गाउँपालिकाकी उपाध्यक्ष रनमाया गुरुङको भनाई रहेको थियो । बर्षेनी उत्पादनलाई वृद्धि गरि निर्यातलाई बढाउने हो भने प्रत्येक नागरिकको जीवनस्तर परिवर्तन भई सुखी नेपाली समृद नेपालको सपना पुरा हुने उपाध्यक्षको भनाई रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*