अन्तिम नामावली प्रकाशित, ४ जनाकै उम्मेदवारी कायम

वेलकम खबर
फाल्गुन २८, २०७९

काठमाडौं । आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा २३ अनुसार आइतबार नामावली प्रकाशन गरेको हो।

अन्तिम नामावलीमा शनिबार आयोगमा उम्मेदवारी दिएका चारै जना उम्मेदवारहरू समावेश छन् । जसमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जसपा नेपालबाट प्रमिला कुमारी र रामसहाय प्रसाद यादव रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*