संचारकर्मी दिनेश लिङ्खिमको सुकेटार डाँडैमा सार्वजनिक (भिडियो सहित )

वेलकम खबर
फाल्गुन २७, २०७९

ताप्लेजुङ । ताप्लेजुङको सुकेटारमा छायाङ्कन गरिएको म्यूजिक भिडियो ‘सुकेटारको डाँडैमा’ गायक दिपक लिम्बूको उपस्थितिमा सार्वजनिक गरिएको छ । विजय लिम्बू र विनुसा राईको स्वर रहेको म्यूजिक भिडियोलाई सञ्चारकर्मी दिनेश लिङ्खिमले निर्देशन गरेका हुन् । भिडियोलाई भावसागर ईन्टरटेन्मेण्ट नामक युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

जिल्लाको सुकेटार, काबेली लगायतका स्थानमा भिडियोलाई छायाङ्कन गरिएको छ । गीतमा निर्देशक स्वयम लिङ्खिम सहित प्रिन्स साम्सोहाङ, विमु मादेन र पुस्पा थेबेले अभियन गरेकाछन् । भिडियोको छायाङ्कन तथा सम्पादन सुबास लिम्बूले गरेका हुन् । विमोचन कार्यक्रममा बोल्दै गायक लिम्बूले भिडियो सामग्रीमार्फत ताप्लेजुङ जिल्लाका पर्यटकिय स्थानलाई थप प्रर्वद्धन गर्ने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*