प्रथम उपमेयर रनिङकपको उपाधि आठराई त्रिवेणीले चुम्यो

वेलकम खबर
फाल्गुन २४, २०७९

मदन गौतम

ताप्लेजुङ । प्रथम उपमेयर कपको उपाधि आठराई त्रिवेणी गाँउपालिकाले जितेको छ । ताप्लेजुङमा जारी उपमेयर कप महिला फुटबलको उपाधिका लागि फुङ्लिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिका बिच भएको खेलमा उपाधि आठराईत्रिवेणी गाउपालिका ले उचालेकोछ ।
बुधबार भएको फाईल खेलमा आठराई त्रिवेणी गाउपालिकाले २­-१ गोलअन्तरले फुङलिङलाई पराजित गर्दै प्रथम अन्तरपालिका स्तरीय उपमेयर रनिङ कप महिला फुटबल उपाधी जितेको हो । आयोजक फुङ्लिङ नगरपालिक उपविजेतामा सिमिति रहेकोछ । प्रतियोगितामा ताप्लेजुङका ९ वटा स्थानीय तह मध्ये ८ वटा पालिकाको सहभागिता रहेको थियो । मैवाखोला गाउपालिका प्रतियोगिता सहभागी थिएन ।


फाइनल खेल अन्तराष्ट्रिय नारी दिवसका अवसरमा सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको हो । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजारसहित ३ वर्षे रनिङ कप र प्रमाणपत्र प्राप्त गरेकोछ , भने उपविजेताले ५५ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । रनिङ कप १ सय तोला चाँदी र आधा तोला सुन जडित रहेको आयोजकले जनाएको छ ।

आठराई त्रिवेणीकी प्रिति गुरुङलाई प्लेयर अफ दि म्याच घोषित गर्दै पुरस्कृत गरिएको खेल संयोजक तथा फुङ्लिङ नगरपालिका सामाजिक विकास संयोजक क्षितिज सुनुवारले जानकारी दिनु भयो । भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा नारी दिवसको अवसरमा भएको फुटबलको समापन कार्यक्रममा एसईईमा उत्कृष्ट अङ्क हासिल गर्ने भानु माविकी कृष्टिना पौडेललाई र निजी विद्यालयको छात्रातर्फ उत्कृष्ट अङ्क हासिल गरेकी लिटल बुद्ध अंग्रजी विद्यालयकी रुपा गुरुङलाई समान ३-३ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको छ ।खेलकुदको माध्यमबाट नारीलाई अझ बलियो तथा सशक्त बनाउन उनिहरुको क्षमता र सहभागितामा बढवा गर्न प्रतियोगिताको आयोजना गरिएको नगरउपप्रमुख भीमादेवी ओझाले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*