बजेट माग्दै मैवाखोला गाउपालिका अध्यक्ष काठमाडौंमा

वेलकम खबर
फाल्गुन २४, २०७९

ताप्लेजुङ । पालिकाको विकासको लागि बजेट माग गदै मैवाखोला गाउपालिकाको टोली काठमाण्डौमा आई पुगेको छ ।
पालिका अध्यक्ष विजयप्रकाश वनेमको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेट गरी मैवाखोला गाउपालिकाका रहेको तिनजुरे – मिल्के -जलजले ( TMJ ) हुदै असाङ्लुङसम्मको पर्यटकीय पदमार्ग निर्माणका लागि आबश्यक बजेट बिनियोजन गर्न माग गर्नु भएको हो । पालिका अध्यक्ष वनेमले मिल्के -जलजले क्षेत्र जहाँ नेपालमा पाईने ३२ प्रजातिका गुराँस मध्ये २८ प्रजातिका गुराँसहरु पाईने दाबी गर्नु भएको छ ।

अध्यक्ष वनेमले डाडै डाडा जलजले हुँदै सोदुपोखरी र तोक्पेगोला त्यसपछी फुङफुङे झरनासम्म पर्यटकहरुलाई घुमाउन सकिने समेत उहाँले बताउनुभयो । मेरिङ्देन गाउपालिका र मिक्वाखोला गाउँपालिकासग सहकार्य गरेर अघि बढ्न सकिने दाबी गर्नु भएको छ । अध्यक्ष वनेमले पर्यटकहरुका लागि नयाँ गन्तव्य हुनसक्ने प्रशस्त संभावना रहेको बताउदै असाङ्लुङसम्मको डिपिआर तयार पारेको जनाउदै संघीय सरकारसँग आवश्यक सहयोगको माग गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*