मुलुकको समृद्धि र स्थायित्व नचाहनेले अस्वभाविक तरिकाको सक्रियता बढायो : वाईसीएल

वेलकम खबर
फाल्गुन २३, २०७९

गंगा लिङ्खिम

ताप्लेजुङ । मुलकको समृद्धि र स्थायित्व नचाहने केही राजनीतिक दलहरूले अस्वभाविक तरिकाले सक्रियता बढाएको भन्दै योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले ध्यानाकर्षण गराएको छ । वाइसियलले आज दिउसो एक बजे जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौँलाई एक ज्ञापन पत्रका साथ ध्यानाकर्षण गराएको हो ।

सरकारको प्रमुख दायित्व शक्ति विकास र समृद्धि सुशासन कायम गर्नु पर्ने भएको भन्दै गणतन्त्रलाई संस्थागत विकास गर्ने र शक्ति प्रक्रिया बाँकी कार्यहरू तार्किक निष्कर्षमा पुर्याउनु पर्ने बेला केही अबान्चित तत्त्वहरू सक्रिय भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

नेपाली जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त संविधान संघीय लोकतान्त्रीक गणतन्त्र विरुद्ध केही प्रमुख प्रतिगामी शक्तिहरूले केही दिन यता अस्वभाविक तरिकाले गरिरहेको गतिविधि प्रति वाईसीएलको गम्भिर ध्यानाकर्षण रहेको अध्यक्ष कैलास माबोले बताए ।

आज वाईसीएलले देश भरी नै ज्ञापन पत्र बुझाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*