नेतृत्व र समानताका लागि महिलाले महिलाको आवाज उठाउन जरुरी छ मन्त्री निर्मला तावा

वेलकम खबर
फाल्गुन २१, २०७९

गंगा लिङखिम
ताप्लेजुङ । महिला नेतृत्वका लागि र समानताका लािग महिलाले महिलाको आवाज उठाउन जरुरी रहेको कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला तावाले बताएकी छन् । नारी दिवसको अवसर पारेर आजबाट सुरु भएको प्रथम महिला उपमेयर कपको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् ।

महिला नेतृत्वलाई कमजोर बनाउन विभिन्न योजना बन्ने गरेको बताउँदै उनले भनिन्, “ महिला नेतृत्वलाई असफल र कमजोर बनाउनमा पुरुष नेतृत्वहरूले महिलालाई उपयोग गरिएको हुन्छ । यो प्रवृत्तिबाट हाम्रो जिल्ला पनि चोखो छ भन्न सकिन्न । त्यसैले हामी महिलाहरू सचेत हुन जरुरी छ ।”

उनले थपिन, “समाज, टोल, जिल्ला, क्षेत्र, प्रदेश, संघ साथै विभिन्न सङ्घसंस्थाहरूमा महिलाको सम्मान हुदैन तब सम्म विकाशले गति लिन सक्दैन ।” मातृ सत्ताको पर्खाइ रहेर मात्र महिलाहरूको अधिकार पुरा नहुने चेतनाको आवश्यक पर्ने उनले बताइन् ।

आफू कोशी प्रदेशको स्वास्थ्य मन्त्री भएता पनि ताप्लेजुङको विकास र हितका लागि जस्तो सुकै काम गर्न तयार रहेको उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*