प्रथम महिला उपमेयर कप सुरु

वेलकम खबर
फाल्गुन २१, २०७९

गंगा लिङखिम
ताप्लेजुङ । आजबाट प्रथम महिला उपमेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । फुङ्लिङ नगरपालिकाको आयोजनामा नारी दिवसको अवसर पारेर अन्तरपालिका स्तरीय महिला फुटबल प्रतियोगिता उट्घाटन आज भएको हो ।

प्रतियोगिताको उट्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोशी प्रदेशका स्वस्थ्य मन्त्री निर्मला तावाको उपस्थित रहेको थियो । यस्तै विशिष्ठ अतिथिहरुमा संविधान सभा सदस्यहरु भुपेन्द्र थेबे र सञ्जपाल मादेन, कोशी प्रदेशका प्रदेश सभा सदस्य खगेनसिं हाङगाम, कोशी प्रदेशका पूर्व मन्त्रीहरु बलबहादुर साम्सोहाङ र प्रतापप्रकाश हाङ्गाम साथै जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको उपस्थित रहेको थियो ।

अतिथिहरुमा पालिकाहरुको अध्यक्ष सहित विभिन्न राजिनितिक दलहरुका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेशका स्वस्थ मन्त्री निर्मला तावाले महिलाहरुको नेतृत्वले मात्र विकास सम्भव हुने बताइन् । उनले भनिन् “समाज, टोल, जिल्ला, क्षेत्र, प्रदेश, संघ साथै विभिन्न संघसस्थाहरुमा महिलाको सम्मान हुदैन तब सम्म विशले गति लिन सक्दैन ।” मातृ सत्ताको पर्खामा रहेर मात्र महिलाहरुको अधिकार पुरा नहुने चेतनाको आवश्यक पर्ने उनले बताइन् ।

फुङ्लिङ नगरपालिकास्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि सुरु भएको प्रतियोगिता २४ गते अन्तराष्ट्रिय नारी दिवसको दिन समापन हुने छ । यस अघि मेयर कम हुँदै आएको र महिला खेलाडीको उत्पादन सँगै महिलाहरूलाई पनि खेल क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सुरु गरिएको फुङलिङ नगरपालिकाका उपमेर भिमादेवि ओझाले बताइन् ।

आयोजकबाहेक सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा, आठराई त्रिबेणी, मेरिङ्देन, मिक्वाखोला, पाथीभरा याङ्वरक र फक्ताङ्लुङ गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएका छन् । खेलको प्राविधिक तथा सञ्चालनको समायोजन भने जिल्ला फुटबल संघले गरेको छ ।

आज भएको उद्घाटन खेलमा फुङलिङ नगरपालिकाले पाथिभरा याङवरक गाउँपालिकालाई ३९०को अन्तरले पराजित गरेको छ । पहिलो खेलबाट नै आयोजक फुङ्लिङ नगरपालिकाले विजय सुरुवात गरेको हो । पराजित पाथीभरा याङ्वाराक भने पहिलो खेलबाटै घर फर्केको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*