आयोजकले जित्यो सातौं लाम पोखरी च्यालेन्ज रनिङ कप

वेलकम खबर
फाल्गुन २०, २०७९

गंगा लिङखिम
ताप्लेजुङ । सातौं लाम पोखरी च्यालेन्ज रनिङ कप २०७९ को उपाधि आयोजक टिमले हात पारेको छ । आज भएको फाइनल खेलमा कर्णसिङ सोनाम स्मृति क्लबलाई १(० को अन्तरले पराजित गर्दै आयोजक टिमले नै उपाधि राखेको हो ।

फुङलिङ नगरपालिका वडा नं। ९ हाङदेवाको लामपोखरीमा गत फागुन १५ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको समापन आज भएको हो । प्रतियोगिताको विजेता आयोजक टिमले नगद एक लाख ११ हजार १११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै उपविजेता कर्णसिङ सोनाम स्मृति क्लबले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको लाम पोखरी च्यालेन्ज रनिङ कपका खेल संयोजक सन्तान मादेनले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*