पर्यटन विकासका लागि मौलिक पहिचान महत्वपूर्ण मन्त्री किराती

खादाको साटो कलम दिएर बधाई
वेलकम खबर
फाल्गुन १६, २०७९

काठमाडौं  ।  नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीततथा नाट्य प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारी एवं सदस्यलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा सांस्कृतिक संस्थानमा आयोजित कार्यक्रममा बधाई तथा शुभकामना दिइएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री किरातीले मौलिक पहिचान र पर्यटन विकासका लागि संस्कृति महत्वपूर्ण भएको बताए । ‘राजनीतिक प्रणाली परिवर्तन गर्न जति सजिलो छ,समाज परिवर्तन गर्न त्यो भन्दा गाह्रो हुन्छ’, मन्त्री किरातीले भने, ‘प्रज्ञा प्रतिष्ठानहरूले नयाँ सोच एवं संकल्पका साथ गणतान्त्रिक समाज र संस्कृतिको मूल्य मान्यता स्थापित गर्न सक्नुपर्छ ।’
कार्यक्रममा तीनवटै प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई खादा तथा मालाको सट्टा कलम र डायरी प्रदान गरिएको थियो । भाषा, साहित्य, कलाएवं सांस्कृतिक क्षेत्रको विकासका लागि सुन्दर इतिहास लेख्न सांकेतिक रूपमा कलम तथा डायरी प्रदान गरिएको हो ।


कार्यक्रममा प्रतिबद्धता मन्तव्य राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिभूपाल राईले प्रतिष्ठानलाई सबै जाति, भाषाएवं संस्कृतिको साझा थलो बनाइने बताए । ‘नेपाल प्रज्ञा प्रतिष्ठान हिजो कुनै जाति, समुदाय, वर्ग वा खास अनुभव मानिस हित व्यक्तिहरूको थियो’, कुलपति राईले भने, ‘प्रतिष्ठान अब सबैको साझाथलो हुनेछ । यसले नयाँ संस्कृतिनिर्माण गर्नेछ ।’
त्यसैगरी नेपाल संगीततथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले विगतको तीतो मीठो बिर्सेर सबै प्रतिष्ठान बीच सहकार्य आवश्यक भएको बताइन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याए सम्म ललितकलाको उन्नयनमा लागी पर्ने बताए ।


कार्यक्रममा स्वागत मन्तव्यदिँदै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले कर्मकाण्डी योजना तथा कार्यक्रमले लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन हुन नसक्ने बताए । ‘लक्ष्य र उद्देश्यनिर्धारित योजनातथाकार्यक्रमका साथ प्रतिष्ठानहरू अगाडि बढ्नु पर्छ । यसकालागि संस्थान सहकार्य गर्न तयार छ’, महाप्रबन्धक राईले भने ।
राजनीतिक प्रणाली परिवर्तन गर्न जति सजिलो छ, समाज परिवर्तन गर्न त्योभन्दा धेरै गाह्रो हुन्छ । प्रज्ञा प्रतिष्ठानहरूले नयाँ सोच एवं संकल्पका साथ गणतान्त्रिक समाज र संस्कृतिको मूल्य,मान्यता स्थापितगर्न सक्नुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*