ताप्लेजुङको विकासको लागि सक्दो सहयोग गर्नेछु :सभामुख घिमिरे (भिडियो सहित)
काठमाडौं । सभामुख देवराज घिमिरेले सबैको सहयोगबाट निष्पक्ष र तटस्थ रहेर संसद् सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ताप्लेजुङ सरोकार केन्द्रले शनिवार भक्तपुरको गुण्डुमा आयोजना गरेको वनभोज कार्यक्रममा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।
कार्यक्रममा सभामुख घिमिरेले आफू प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि पनि ताप्लेजुङबासीले सम्मान गरेको स्मरण गर्दै जिल्लाको विकासका लागि आफू पनि सँगसँगै हिँड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले जनताको जीवनमा परिवर्तन नभएसम्म, भौतिक निर्माणले मात्रै प्रगति मान्न नसकिने समेत धारणा राख्नुभयो । सम्मानले जिल्ला प्रति थप जिम्मेवार बनाएको बताउदै ताप्लेजुङको विकासको लागि सक्दो सहयोग गर्ने बताउनुभयो
कार्यक्रममा सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले सभामुख घिमिरेलाई सम्मान गरेका छन् । सभामुखको जन्म ताप्लेजुङको सिकैचामा भएको थियो ।



















