नयाँ गठबन्धनले यसरी गर्यो पदीय भागबन्डा

वेलकम खबर
फाल्गुन १३, २०७९

काठमाडौ । नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच शक्ति बाँडफाँटमा सहमति जुटेपछि नयाँ गठबन्धन बनेको नेताहरूले बताएका छन्।

शुक्रबार ८ दलीय गठबन्धन बन्नुको मूल कारण नै केन्द्रदेखि प्रदेशसम्मको शक्ति बाँडफाँटमा सहमति जुटेर सम्भव भएको ती नेताले बताए।
नेकपा एमालेसहित ७ दलीय सत्ता साझेदार दल शुक्रबारबाट छिन्नभिन्न भएको नेताहरू दाबी गर्छन्।माओवादी अध्यक्ष प्रचण्डले ४ वर्ष सरकारको नेतृत्व गर्ने समझदारी बनेको छ, यस्तै चुनावी सरकारको नेतृत्व एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गर्नुहुनेछ, शुक्रबारको बैठकमा सहभागी एक नेताले भने, काङ्ग्रेसलाई ५ वर्ष राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने सहमति पनि जुटेको छ।
त्यसो त, नेताहरूले त्यस सहमतिबारे सार्वजनिक गर्न चाहेका छैनन्। महोल बिग्रिन्छ कि भनेर नभने पनि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्ने निश्चित छ।
यस्तै उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव हुनेछन्।लिखित सहमति नभएकोले नेताहरू यसलाई सार्वजनिक गर्न चाहिरहेका छैनन्।

काङ्ग्रेस,माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता बसेर बाँकी सत्ताको भागबन्डा टुंगो लगाउने सहमति पनि भएको छ।

एमालेको मुभ हेर्नुपर्छ, एमालेलाई सरकारमै राख्ने अन्तिमसम्म कोसिस हुन्छ, प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले अब राष्ट्रिय सहमतिको सरकार बन्ने दिशातिर राजनीति गयो।

तर एमाले सरकार छोडेको हकमा भने नयाँ कोर्स सुरु हुने उनको भनाइ छ।त्यसो हुँदा केन्द्रदेखि प्रदेशसम्म्मको सरकार फेरबदल गर्नुपर्छ, उनले थपे, त्यसबेला नयाँ सहमति हुन्छ, भगवण्डा त्यही अनुसार हुन्छ।

माओवादी केन्द्रले अहिले लिएको मन्त्रालय र प्रदेशको नेतृत्व परिवर्तन नहुने उनले बताए। शुक्रबार बनेको ८ दलीय गठबन्धनले काङ्ग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति चुनावमा सहयोग गर्ने समझदारी बनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*