अर्बौं रुपैयाँ विदेशिन नदिन विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माणको आवश्यक : मन्त्री मेन्याङ्बो
ताप्लेजुङ : नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश नं १ का उर्जा सिँचाई तथा खानेपानी मन्त्री तिलकुमार मेन्याङबो आफूले मन्त्री भए लगत्तै घोषण गरेको विद्युतीय सवारी चार्जिङ स्टेसनको निर्माण अपरिहार्य आवश्यकता रहेको र यसको सुरुवात १ नं प्रदेश बाट गरेको बताउनु भएको छ ।
आज गुह जिल्ला ताप्लेजुङमा प्रेस चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मेन्याङबो केन्द्र सरकार प्रदेश सरकार र स्थानिय सरकार हरूले पनि सवारी साधनहरू खरिद गर्दा विद्युतीय सवारी खरीद गरे देशमा रहेको बिद्युत् देशमै खपत हुने र अरबौ रुपियाँ देशमै बचत हुने बताउनु भएको छ ।
इन्धनको खरीद गर्दा अरवै रुपियाँ पैसा विदेशिएको देशै भित्र रहने भएकोले देशमा विद्युतीय सवारी साधन नै उत्तम रहेको उहाँको भनाई रहेको छ ।
खानेपानी मनिसको अति संवेदनशिल रहेकोले जनतालाई पानी खुवाउने मात्र नभएर गुणस्तरीय पानी कसरी खुवाउने भन्ने विषयमा मन्त्रालयको को प्राथमिकतामा रहेको र तेतीमात्र नभएर जनताको सहजताको लागि तथ्याङ्क संकलन गर्न १४ ओटै जिल्लाको कम्तिमा पनि २ ओटा पालीकामा सुरु गर्ने उहाँले बताउनु भयो
त्यसैगरी मन्त्रि मेन्याङबो भन्नु हुन्छ प्रदेश १ को नामाकरण मा समस्या भएपनि अबको सरकार ले नामाकरण अव धेरै समय नलाग्ने बताउनु भयो । अघिले सरकारले विभिन्न कार्यहरू सम्पन्न नगरेकोले पनि वर्तमान सरकारलाई समस्या भएको पनि बताउनु भयो



















