सुनको कचौरा बोकेर आशु पिउछौ हामी : पर्यटन मन्त्री किराती (भिडियो सहित)
काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालमा पर्यटनको प्रचुर सभ्भावना हुदा हुदै पनि प्रर्बद्धन गर्न नसकेको बताउनभएको छ ।
ताप्लेजुङको सिरिजंघा र कञ्चनजंघा सम्बन्धी बृत्तचित्रको लोकापर्ण गदै मन्त्री किरातीले सुनको कचौरा बोकेर आशु पिई बताउदै संस्कृतिलाई पर्यटनको रुपमा प्रयोग गकाठमाडौंमा र्न सके सस्कृति भाषा र भौैगोलिक विविधताले भरीको देश संसारको लागि विश्वविद्यालय बन्ने दाबी गर्नुभयो ।

उहाँले हामी नेपालीहरु पैसामा चाबी लगाएर पैसा खोज्न अरब तीर भौतारिएको बताउदै प्रकृति सम्पदा र समाजको सम्पदा र मानव समाजको सम्पदा नै आजको पर्यटन विकास भएको दाबी गर्नुभयो ।

उहाँले नेपालको आर्थिक विकासको अर्को एउटा खुटटा नै संस्कृति भएको बताउदै संस्कृतिलाई पर्यटन विकाससँग जोडन सकेमा आत्मा सहितको समृद्धिको लागि स्वदेशी उत्पादमा जोड दिदै समाज रैथाने स्वाद र स्वामित्व सहितको आर्थिक विकास हुने बताउनुभयो ।

उहाँले प्रत्येक चिजमा विदेशी वस्तु प्रयोग गरे पछि नेपालीको काम भाडा धुने मात्र हुने बताउदै पर्यटनका स्वदेशी उत्पादन रैथाने स्वामित्व र स्वाद नै सहितका पर्यटन मात्र आजको पर्यटन भएको उल्लेख गदै पर्यटनको प्रर्बद्धन गरेर भौतिक पूर्वाधारमा सुधार गर्न सके पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको खम्वा हुने दाबी गर्नुभयो ।

सिरिजंघाको गाँउमा आदिम पुर्खाहरुको संस्कृति पुराना घरहरु पर्दा खोल्दा कञ्चनजंघा हिमाल देखिने घर निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । मन्त्री किरातीले एकिकृत सर्किट सहितको योजना ल्याउन पालिकालाई आग्रह गर्नुभयो ।

उहाँले पर्यटन मन्त्री हुदाँ बधाई दिन आउनेहरुले सात दिनमा खादा लगाउने पैसा मात्रै ६ लाख जम्मा भएको बताउदै २५ जना मन्त्री,प्रतिनिधिसभा प्रदेशसभा सदस्य तथा जिल्ला समन्वय पालिका अध्यक्ष लगायतले दैनिक रुपमा करोडौ खादाको नाममा अनुत्पादका क्षेत्रमा धेरै खर्च गरेको बताउदै बताउदै पालिकाले पनि खादा नलगाउने निर्णय गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।बृत्तचित्रको औचित्य बारे सिरिजंघा पालिका उपाध्यक्ष चित्र मावोले प्रष्ट पार्नु भएको थियो सो कार्यक्रमको लालकृष्ण चौहानले अध्यक्षता गर्नु भएको थियो ।



















