‘हामीले राष्ट्रपति मागेका होइनौँ, प्रचण्ड आफैले प्रस्ताव गर्नुभएको हो’

वेलकम खबर
फाल्गुन ८, २०७९

सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी नेतृत्वको सरकार गठन गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले उद्धार गरेको बताएका छन् ।
उनले एमालेले राष्ट्रपति मागेको नभई प्रचण्ड आफैले प्रस्ताव गरेको बताए ।एमालेले सुरु गरेको मिसन ग्रासरूट अभियान अन्तर्गत सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले प्रतिपक्ष मानसिकताका साथ तयार भएर बसेको एमालेले सरकार गठन गर्न प्रचण्डलाई नत्थी लगाएर नतानेको जिकिर गरे ।

‘जनादेश अनुसार हामी प्रतिपक्षको मानसिकतामा थियौं,’ उनले भने,‘ कांग्रेसले प्रधानमन्त्री नदिएपछि कमरेड प्रचण्ड हामीसँग आउनुभयो र हामीले प्रधानमन्त्री बनाएर उद्धार गरिदिएका हौं ।’
एमालेलाई राष्ट्रपतिमा सघाउने माओवादीकै प्रस्ताव भएको चर्चा गर्दे भट्टराईले आफैले गरेको प्रस्तावबाट प्रचण् पछि नहट्नेमा विश्वास व्यक्त गरे ।
सचिव भट्टराइले ०६२ सालपछि माओवादी पार्टी एमालेकरण भएको र नेपाल कम्युनिष्ट पार्टी विभाजन नभएको भए कमरेड प्रचण्ड नै जनताको बहुदलीय जनवादको असल व्याख्याता भइसक्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*