फागुन १३ गते नेपालकै ठूलो पिकनिक आयोजना हुँदै

ताप्लेजुङ समाजले बनभोजमा उपस्थित भइदिन जिल्लावासीलाई गर्यो अपिल 
वेलकम खबर
फाल्गुन ८, २०७९

काठमाडौँ। ताप्लेजुङ जिल्लाबासीहरुलाई एक दिन एकै ठाँउ भेटघाट तथा  मनोरञ्जन गराउने उद्देश्यले नेपालकै ठूलो बनभोज आयोजना गदैछ  ।
ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँको आयोजनामा आँउदो फागुन १३ गते शनिवार भक्तपुर मन्थलीको गुन्डु चौरमा जिल्लावासीलाई जोड्न आपसी मित्रता कायम गर्न,बर्षौ पुरानो साथीहरूसँग भेटघाट गरी रमाइलो गर्ने थलोका रुपमा  थलोका रुपमा बनभोज आयोजना गर्न लागिएको ताप्लेजुङ सरोकार केन्द्रले जनाएको छ । 


ताप्लेजुङ समाज नेपाल एक विज्ञप्ति प्रकाशित गरी  जिल्लावासीलाई बनभोजमा उपस्थित हुनका लागि सबै जिल्लावासीलाई अपिल गरेको छ । ताप्लेजुङ समाजको अध्यक्ष डम्बरबहादुर तुम्वाम्फेद्धारा हस्ताक्षरित विज्ञप्तीमा बनभोजका लागि सरोकार केन्द्रले समाजलाई पत्राचार गरेको भन्दै सहभागिता हुन जिल्लावासीलाई अपिल गरेको जनाएको छ । 

यता ताप्लेजुङ सरोकार केन्द्र सबैलाई बनभोजमा उपस्थितको लागि अनुरोध गरेको आपसी भेटघाट तथा मनोरञ्जन कार्यक्रमहरू समेत हुने हुदाँ उपस्थित भई दिनुहुन  सबैमा अनुरोध गरेको हो । बनभोजमा लाखेनाच धान नाच लगायत विविध कार्यक्रम आयोजना हुन लागेको सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले बताउनुभयो ।  सो बनभोजलाई एकताको बनभोजको रुपमा सरोकार केन्द्रले लिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*