नेपाली सेनाद्धारा ताप्लेजुङका तीन संस्था सम्मानित

वेलकम खबर
फाल्गुन ६, २०७९

ताप्लेजुङ। महाशिवरात्रि पर्व तथा नेपाली सेना दिवसको अवसरमा ताप्लेजुङका विभिन्न तीन संस्था सम्मानित भएका छन् । नेपाली सेनाले प्रदान गर्ने प्रधानसेनापति सम्मानबाट तीनवटा संस्था सम्मानित भएका हुन् ।

ताप्लेजुङका सम्मानित हुने संस्थामा पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्धन समिति र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार महाशिवरात्रि पर्व तथा सेना दिवस २०७९ को अवसरमा प्रधानसेनापतिबाट उक्त संस्थाहरु सम्मानित भएका हुन् ।

यसरी संस्थागत विधातर्फ ताप्लेजुङका तीनसहित सातवटा संस्थालाई प्रधानसेनापति सम्मानबाट सम्मानित गर्ने निर्णय भएको नेपाली सेनाको स्रोतले जनाएको छ ।

यता महाशिवरात्रि तथा सेना दिवसको अवसरमा जिल्लास्थित भीमकाली गुल्मले प्रभातफेरी, सलामी अर्पणलगायत क्रियाकलाप गरेको छ । तोक्मेडाँडा भीमकाली गुल्मबाट सुरु भएको प्रभातफेरी हाङ्देवा सिद्धिडाँडास्थित चण्डेश्वर महादेव धाममा पुगेको थियो ।

प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय सेवा दल (एनसीसी)मा आबद्ध विद्यार्थीसहित विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीलगायतको सहभागिता थियो ।gorkhapatraonline

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*