कञ्चनजंघाको प्रचार गर्न काठमाण्डौमा बृत्तचित्र लोकापर्ण

वेलकम खबर
फाल्गुन ६, २०७९

ताप्लेजुङ । संस्कृति, पहिचान, सामाजिक आर्थिक, पर्यटकीय संभावनाहरु समेटिएको सिरीजंघा र कञ्चनजंघा सम्बन्धी वृतचित्र लोकार्पण हुने भएको छ । सिरीजंघा गाँउकार्यपालिकाको आयोजना र सिरीजंगा सरोकार समाजको सहआयोजनामा आउदो सोमवार ८ गते दिउसो १ बजे राष्ट्रिय नाचघर जमल काठमाण्डौमा बृत्तचित्र लोकार्पण हुने भएको हो ।
उक्त लोकार्पण कार्यक्रम संस्कृति, पर्यटन तथा नागरीक उडड्यन मन्त्री सुदन किरातीलेद्धारा गरिने सिरीजंघा गाँउपालिकाका उपाध्यक्ष डा। चित्र माबोले जानकारी दिनुभयो । । उहाँका अनुसार उक्त वृतचित्र सिरीजंगा गाँउपालिकाको कञ्चनजंघा पर्यटन प्रबद्धन हुने र सिरिजंघाको पहिचान विश्वसामु थप उजागर हुने उहाँको भनाई रहेको छ । सो बृत्तचित्र ३० मिनेटको रहेको समेत मावोले बताउनुयभो ।

उपाध्यक्ष मावोले कञ्चनजङ्घाको राष्ट्रिय स्तरवाट प्रचार पुगोस भन्ने उद्देश्यले काठमाडौमा लोकार्पण गर्न लागिएको बताउनुभयो । उहाँले कार्यक्रमले स्थापित पर्यटन व्यवसायी र सरोकारवालासंग सहज र सस्तो ढंगले छलफल हुने र कञ्चनजङ्घाको बाटोलाई सहज तरिकाले प्रचार गरी देश तथा विदेशका चिनाउन सकिने साथै आन्तरीक पर्यटकको पनि ध्यान फर्काउन सकिने हेतुले राखिएको काठमाडौमा कार्यक्रम राखिएको छ सो कार्यक्रममा देश तथा विदेशमा रहुन भएको सम्पूर्ण महानुभावहरुलाई कार्यक्रममा सहभागीताका लागि पनि अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*