कांग्रेसको ढोक्सामा माछा पर्दैन, प्रचण्डले नै एमालेलाई राष्ट्रपति लिनुस् भन्नुभएको हो : योगेश भट्टराई

वेलकम खबर
फाल्गुन ६, २०७९

सुर्खेत, । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भावी राष्ट्रपति एमालेकै हुने बताउनु भएको छ ।

प्रेस चौैतारी कर्णाली प्रदेशले सुर्खेतमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै एमाले सचिव भट्टराईले आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति नै वर्तमान सत्ता गठबन्धनको साझा उम्मेदवार हुने प्रष्ट पार्नुभयो ।
सचिव भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नियुक्त हुनुपूर्व राष्ट्रपति एमालेले लिनुपर्ने भनिसकेकाले समस्या नरहेको बताउनु भयो ।
राष्ट्रपतिका कारण अहिलेको सत्ता गठबन्धन भत्किए पनि एमाले प्रतिपक्षमा बस्न तयार छ, २०८४ माहुने चुनावमा बहुमतसहित सत्ताको नेतृत्व गर्छौं, सचिव भट्टराईले भन्नुभयो, ‘कांग्रेस नेतृत्वको गठबन्धन भत्किँदा थाहा नपाएकाहरु अहिले खुलेआम भत्काउन लागेका छन्, बरु भत्काउन विदेशीहरु लागेको सुन्दैछौं ।’
कांगे्रसले बालुवाटारमा प्रधानमन्त्री र राष्टपति दुवै पद नदिएपछि प्रचण्ड आफै एमालेलाई खोज्दै आएको पनि उहाँले बताउनु भयो । ‘राष्ट्रपति एमालेले लिएर प्रधानमन्त्री र सभामुख आधा–आधा कार्यकाल गरौं भन्ने प्रधानमन्त्री प्रचण्ड नै हो,’ एमाले सचिव भट्टराईले भन्नुभयो ।
पार्टीद्वारा सञ्चालित ‘मिसन ग्रासरुट’ ९पार्टी सुदृढीकरण तथा विस्तार अभियान० को कर्णाली प्रदेश संयोजकका रुपमा उहाँ सुर्खेत आउनु भएको हो । यस अभियानमा एमालेले ७९ पालिकामा ४० जना केन्द्रीय सदस्य, केन्द्रीय विभागका सदस्यहरुलाई परिचालन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*