ताप्लेजुङको तेल्लोकमा हुने राष्ट्रपति रनिङ शिल्ड स्थगित

वेलकम खबर
फाल्गुन ६, २०७९

ताप्लेजुङ । ताप्लेजुङ सिरिजंघा गाँउपालिकाको तेल्लोकमा आउदो १० गते देखि १३ गते  सम्म हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  अन्त-पालिका जिल्ला स्तरीय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ ।
जिल्ला खेलकुखद विकास समिति ताप्लेजुङले एक सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नहुन्जेल सम्मको लागि स्थगित गरिएको जनाएको छ । त्यस्तै प्रतियोगिता सम्पन्न हुन बाँकी पालिकाले तत्काल सम्पन्न गरी प्रतिवेदन कार्यालयमा पठाउन समेत भनिएको छ ।
सूचनामा स्थानीय तहमा छनौट भएका खेलाडीहरुलाई निरन्तर अभ्यास खेलाउन समेत अनुरोध गदै प्रतियोगिता सम्पन्न भएका पालिकाले ५ दिन भित्रमा सम्पूर्ण प्रतिवेदन जिल्ला खेलकुद विकास समिति ताप्लेजुङमा पेश गर्न समेत अनुरोध गरेको छ ।
सूचनामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बु –गणेश र कार्यालय प्रमुख यज्ञनिधि पौडलले हस्ताक्षर गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*