खर्चिलो संघीयता खारेजीको मागसहित जनमोर्चाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन (तस्बिरहरू)
वेलकम खबर
फाल्गुन ५, २०७९
काठमाडौँ । सरकारसँग विभिन्न माग राख्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
बढ्दो बजार महँगीको अन्त्य गर्नुपर्ने, भ्रष्टाचारको न्यूनीकरण तथा खर्चिलो संघीय शासन प्रणाली खारेजको मागसहित जनमोर्चाले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।




















