अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरू

वेलकम खबर
फाल्गुन ३, २०७९

काठमाडौं। मंगलबारबाट काठमाडौंमा सुरु भएको भएको नेकपा ९एमाले० निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सुरू भएको छ ।
निर्वाचन प्रक्रियाअनुसार बुधबार साँझ मतदाता नामावली प्रकाशन, नामावलीमाथिको दाबीविरोध र मनोनयन दर्ता गरिएको छ ।
बुधबार रातभरमा अन्य प्रक्रिया पूरा गरी बिहीबार बिहान ९ बजेदेखि मतदान सुरू गरिने निर्वाचन मण्डलकी सदस्य रचना खड्काले जानकारी दिइन् ।निर्वाचन प्रक्रियाबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*