रास्वपामा थपिए १६ केन्द्रीय सदस्य (सूचीसहित)

वेलकम खबर
फाल्गुन १, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप गरेको हो।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार करिव १०० जनाको नाम सिफारिस भएको थियो। कार्यदलले टुंग्याएर सिफारिस गरेका १६ जनालाई मनोनित गरेको हो।

मनोनित हुनेमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन्। अब केन्द्रीय समिति ४० सदस्यीय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*