जुन सहमतिमा प्रचण्ड प्रधानमन्त्री बने, त्यसैको जगमा एमालेको राष्ट्रपति हुने योगेश भट्टराईको दाबी

वेलकम खबर
माघ २८, २०७९

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति अनुसार केन्द्रदेखि प्रदेशसम्म सरकारहरू बनेको भन्दै राष्ट्रपति चुनावमा माओवादी त्यसबाट पछि हट्न नमिल्ने बताएका छन् ।


एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसदसमेत रहेका भट्टराईले पुस १० को सहमति राष्ट्रपतिमा पदमा मात्र खण्डित हुन नसक्ने बताए ।

भट्टराईले भने( जुन जगमा प्रचण्ड प्रधानमन्त्री बन्नुभयो, त्यही जगमा एमालेको उम्मेदवार राष्ट्रपति बन्छ । त्यही जगमा प्रदेश सरकारहरू बनेका छन् । अन्यत्र सबै ठाउँमा हुने,राष्ट्रपतिमा नहुने के छ माओवादीले अर्को राजनीतिक समीकरण बनाउन खोजेको हो रु नत्र राष्ट्रपति पदमा मात्र पुस १० को सहमति खण्डित हुनुपर्ने छैन ।


भट्टराईले फागुन २५ मा एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गरे । उनले यस पटक चुनावमा एमालेलाई सिध्याउने ठूलो डिजाइन भए पनि जनताले एमालेलाई विजयी गराएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*