उच्चस्तरीय बैठक सम्पन्न : रास्वपालाई सरकारमा आउन आग्रह

वेलकम खबर
माघ २७, २०७९

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रबि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्‍देनलगायतका नेताहरुको सहभागीता रहेको थियो भने जसपा, जनतम र नागरिक उन्मुक्ति पार्टी सहभागी भएका थिएनन्।

आजको बैठकमा रास्वपालाई सरकारमा आउन आग्रह गरिएको बताइएको छ। यस्तै, सरकारका कामकारवाही, राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*