राष्ट्रपतिले आज संसद्लाई सम्बोधन गर्ने

वेलकम खबर
माघ २७, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन्। दिउँसो ३ बजे उनले संसदलाई सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ।

राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने छन्। त्यसपछि दुवै सदनले धन्यवाद प्रस्ताव पारित गर्ने संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्ने व्यवस्था छ।

प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ।

दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने विशेष सम्बोधनलाई ‘बिदाइ सम्बोधन’को रूपमा हेरिएको छ। नेपालको संविधानले एक व्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ। निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगामी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्य तालिका सार्वजनिक गरिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*