पाथीभरामा लिफ्टिङको पानी

वेलकम खबर
माघ २५, २०७९

ताप्लेजुङ । ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरामा लिफ्टिङ प्रविधिबाट पानी पुर्‍याइएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलाम र पाथीभरा क्षेत्र विकास समितिको साझेदारीमा पानी पुर्‍याइएको हो ।

पाथीभराका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिर परिसरमा रहेको ट्यांकी भरिएर धारामा पानी आउन थालेको छ । आयोजना र क्षेत्र विकास समितिले पनि मन्दिरमा लिफ्टिङको पानी पुगेको बताए ।

आयोजनाका इन्जिनियर रुपक पराजुलीका अनुसार ५ करोड ६५ लाख २५ हजार रुपैयााको लागतमा निर्माण सम्पन्न भएको हो । आयोजनाले ५ करोड ७५ लाख र क्षेत्र विकास समितिले २ करोड ४६ लाख रुपैया बेहोर्ने गरी २०७६ सालमा ८ करोड २२ लाख १६ हजारको स्टिमेट बनाइएको थियो । यसमा आयोजनाको ७० र पाथीभरा क्षेत्र विकास समितिको ३० प्रतिशत बजेट बेहोर्ने सहमति भएको थियो । इलामको प्रेरा विष्णु जेभी निर्माण कम्पनीले स्टिमेटभन्दा कम अर्थात् भ्याटसहित ५ करोड ९९ लाख ५३ हजार रुपैयाामा निर्माणको जिम्मा लिएको हो । निर्माण सम्पन्न हुादा समितिले साढे १७ प्रतिशत जनश्रमदान र साढे १२ प्रतिशत नगद जम्मा गरेको पराजुलीले जानकारी दिए ।

२८ सय मिटर उचाईमा रहेको काफ्ले पार्टी छेउको डढेले मुहानको पानी मन्दिर लगिएको छ । यहााबाट चार किलोमिटरसम्म पाइपको प्रयोग भएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार यो यहीाको मुहानमा उम्रने पानी हो । यसलाई मुहान नजिकै ट्यांकी बनाएर त्यसमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । मुहान र मन्दिरका दुईवटा ट्यांकी ५० हजार लिटर पानी अट्ने क्षमताका बनाइएका छन् । काफ्ले पार्टीदेखि मन्दिरसम्म बनाइएका अन्य ५ वटा ट्यांकी ३० हजार लिटर क्षमताका छन् ।

काफ्ले पार्टीदेखि मन्दिरसम्म ४८ वटा व्यत्तिगत र १४ वटा सार्वजनिक धारा निर्माण गरिएको काफ्लेले जानकारी दिए । इन्जिनियर पराजुलीका अनुसार इन्टेकमा लगाइएको पानी बिजुलीको मद्दतले एकपछि अर्को ट्यांकीमा भरिन्छ । तिनै ट्यांकीमा भरिएको पानी धारामा झर्छ र उपभोक्ताले उपभोग गर्छन् । पानी तान्ने क्षमता प्रत्येक ट्यांकीमा फरक छ । ‘मुहानबाट दैनिक १२ घण्टा प्रतिसेकेन्ड लिटरका दरले तान्ने क्षमता बनाएका छौं,’ पराजुलीले भने, ‘त्यहााबाट फेदी छेउको बलुडााडासम्म नौ, दोबाटोसम्म ७, र यहााबाट मन्दिरसम्म दैनिक ५ घण्टा पानी तान्ने (पम्पिङ गर्ने) व्यवस्था मिलाएका छौं ।’ यसो गर्दा कुनै पनि ट्यांकी खाली नहुने र चौबिसै घण्टा धारामा पानी आउने पराजुली बताउाछन् ।

हिउादमा यहााको तापक्रम माइनस हुने भएकाले मंसिर १५ देखि फागुन १५ सम्मको तीन महिना पानी जम्न सक्ने आकलन प्राविधिकको छ । ‘मेसिनहरू सबै नयाा भएकाले अहिले त्यो समस्या देखिएको छैन,’ पराजुलीले भने, ‘यदि पानी नै नझर्ने समस्या भए प्रविधि थप गर्नुपर्ने हुन सक्छ ।’ यो तीन महिना कम तीर्थयात्री आउने भएकाले तीन/चार दिनमा एक दिन मात्रै पम्प चले पनि पानी पर्याप्त हुने काफ्ले बताउाछन् । गर्मी मौसममा भने कुनै समस्या नहुने पराजुलीको दाबी छ ।

क्षेत्र विकास समितिले सदस्य गोपाल न्यौपानेको अध्यक्षतामा उपभोत्ता समिति गठन गरेको थियो । आयोजनासागको सम्झौतादेखि समुदाय परिचालन तथा व्यवस्थापनमा उपभोक्ताले सहयोग पुर्‍याएको न्यौपाने बताउाछन् । ‘सम्भवतः यति उच्च स्थानमा लिफ्टङ प्रविधिको पानी पुगेको यो पहिलो हो,’ न्यौपानेले थपे, ‘चुनौतीका बावजुद पानी पुर्‍याएका छौं ।’

नागरिक स्तरबाट गठन भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले यसअघि पानीका लागि अनेकौं प्रयास गरेको थियो । फुङलिङ नगरपालिका ७ दोखुका पुण्य पौडेलको परिवारले पाइपबाट मन्दिरमा पानी पुर्‍याउने पहिलो प्रयास गरेका थिए । तर ३१ सय मिटर उचाईको माथिल्लो फेदीबाट उकालो लान असमर्थ भए । पाइपको पानी फेदीसम्म भने झारेका थिए । वस्ती बाक्लो भएर होटल व्यवसाय गर्न थालेपछि व्यवसायीले मुहानको पानी निरन्तर चलाएका हुन् । यो क्षेत्रमा चिसोमा पाइप जम्ने र पानी नझर्ने समस्या हुने गरेको छ । पाथीभरा क्षेत्र र यहाा योबेला हिउा पगालेर पानी बनाउने र प्रयोग गर्ने गरिएको छ । पाथीभरामा हरेक धर्मशालामा मगरा (पानी जम्मा गर्ने) लगाएर ट्यांकीमा पानी लगाउने गरिएको छ । पर्याप्त पानी नहुादा पाथीभरा क्षेत्रमा शौचालयलगायत समस्या जटिल रहेको छ । संरक्षण समितिका अध्यक्ष तारानाथ घिमिरे, भालुगौंडेको पानी बोकेर लैजाने, पोखरी बनाएर पानी जम्मा गर्ने, आकासे पानी ट्याकीमा जम्मा गर्ने, कुहिरोको पानी झार्ने, हिउा पगालेर पानी बनाउनेजस्ता अनेकौं प्रयास यसअघि भएको बताउाछन् । मुहान नसुकेको खण्डमा अबको पानी पर्याप्त हुने अपेक्षा रहेको न्यौपानेले बताए ।ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*