सहमति अनुसार वर्तमान गठबन्धनको सरकार चल्छ :योगेश भट्टराई

मदन गौतम
माघ २२, २०७९

ताप्लेजुङ  । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले वर्तमान गठबन्धन सहमति अनुसार अघि बढ्ने विश्वास  गर्नुभएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा आइतबार  ताप्लेजुङ शाखाले  आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै भट्टराईले नेकपा एमाले पाँच वर्ष प्रतिपक्षमा बस्न तयार भए पनि सरकारमा जानु पर्ने राजनैतिक समीकरण बनेको बताउँदै वर्तमान गठबन्धनलाई निरन्तर रुपमा सञ्चालन गर्नेमा गठबन्धन  प्रतिवद्ध रहेको उल्लेख गर्नु भयो  । 


‘भट्टराईले मुख्य दूई  ठूला शक्तिहरू यो सरकारमा सामेल  भएको  नेकपा एमाले र माओवादी केन्द्रकैबीचमा जुन शक्ति बाँडफाँडको एउटा  प्रारम्भिक सहमति  भएको छ ।  त्यो सहमति प्रति प्रतिबद्ध भएर  संसद्लाई पाँच बर्ष टिकाउने , सरकारलाई पाँच बर्ष चलाउने यो प्रतिवद्धता हाम्रो छ ’भट्टराईले भन्नुभयो सहमति कार्यन्वयन हुदै गएको पनि भट्टराईले उल्लेख गर्नुभयो । ‘प्रधानमन्त्रीमा पुष्पकमल दहालले विश्वासको मत प्राप्त गर्नुभएको छ त्यस आधारमा पनि , सभामुखमा नेकपा एमालेबाट  प्रस्तावित उम्मेद्वार देवराज घिमिरे सभामुखमा चुनिनु भएको छ ।  सहमतिको आधारमा नै राष्ट्रिय सभाको चुनाव हुँदैछ  भोलि त्यो सहमति त्यहाँ  पनि कार्यन्वयन हुन्छ  र अब फाल्गु २५ गते राष्ट्रपति  र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुदैछ ,जव यी सवै  प्रकृयामा हामी सहमतिको कार्यन्वयन गर्दै आएकाले भने  फाल्गनु २५ र चैत ३ गतेको राष्ट्रपति — उपराष्ट्रपतिको  चुनावमा पनि यो सत्ता समीकरण बन्दा जे सहमति बनेको थियो त्यही सहमति कार्यन्वयन हुन्छ । ’ उहाँले भन्नुभएको छ । 


यस अगाडीको गठबन्धन असफल  ठहरिएकाले  संविधानको  धारा ७६ को १ अनुसार बहुमत पुर्‍याएर  सरकार बनाउन नसकिएको अवस्थालाई एमालेले संविधानको धारा ७६ को ३ को अवस्था अन्र्तगत सरकार बनेर त्यो सरकारले विश्वासको मत लिन नसकी  मुलुक चुनावमा जाने अवस्था सृजना हुन सक्ने  सभावनालाई मध्यनजर गर्दै एमालेको अग्रसरतामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एमाले सहित ७ वटा राजनैतिक दल र केही स्वतन्त्र सांसदको साथमा संविधानको धारा ७६ को २ बमोजिम प्रधानमन्त्री बनाइएको स्पष्ट पार्नुभयो ।
अहिलेको गठबन्धनले मुलुकको राजनैतिक गठबन्धनलाई सही बाटोमा फर्काउने कोसिस गर्ने विश्वास भट्टराईले लिनु भएको छ  । प्रदेशमा हुने जम्बो  मन्त्रिमण्डललाई उल्लेख्य मात्रामा घटाइएको र त्यसले वार्षिक  साढे २ अर्ब रकम  साधारण खर्च कटौती हुने वताउनुभयो ।
साथै अव सवै मन्त्रालय  र निकायमा पनि साधारण खर्च कटौती गरिने उहाँको भनाई छ । ‘आज मुलुकले जुन आथिृक संकट वेहोरेको छ, लक्ष्य अनुसारको  राजस्व उठाउन सकेको छैन त्यस्तो अवस्थामा साधारण खर्चलाई कटौती गर्दै  विकाश  खर्चलाई बढाउनु पर्ने अभिभारा यो सरकार संग छ । त्यसकारणले हामीले साधारण खर्चलाई कटैती  अभियान चलाएकाछौं र विकाश खर्च वढोतरी गर्ने कोसिश हाम्रो हुने छ ’भट्टराईले भन्नुभएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*