रविलाई भौतिक पुर्वाधार मन्त्रालय लिन लिन प्रचण्डको प्रस्ताव

वेलकम खबर
माघ २१, २०७९

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन्।
शनिबार साँझ ६ बजे प्रधानमन्त्रीलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए। बालुवाटार भेटमा प्रचण्डले रविलाई सो प्रस्ताव गरेका हुन्।प्रधानमन्त्री प्रचण्डको सो प्रस्तावपछि अहिले पार्टी कार्यालय बसुन्धारामा रास्वपाको आकस्मिक बैठक जारी छ। गृह मन्त्रालय लिनका लागि २ दिनको समय दिएको रास्वपा अन्य मन्त्रालयको प्रस्ताव आएपछि के गर्ने भन्ने निर्णय लिनका लागि बैठक बसेको हो।
आजै मात्र उच्चस्तरिय राजनीतिक संयन्त्रका सभापति समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग छलफल गरेका थिए।
रविलाई गृहमा पुर्नवहालि गर्नपर्ने ओलीले बताएका थिए। तर, प्रचण्डले भने अहिले सर्वोच्चको पूर्णपाठ नआएको र राहदानी विवाद समेत कायम रहेकाले गृह दिन नहुने बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*